हुलाकी न्युज, काठमाडौं 
– नेपाल विज्ञापन संघले आगामी कृति अवार्डका लागि आवश्यक आवेदक सहभागीवाट हरेक समूहमा उत्कृष्ट ५ वटाको नाम सार्वजनिक गरेको छ । संघले हरेक विद्यामा परेका आवेदनका आधामा प्रत्येक विद्यामा उत्कृष्ट ५ वटा कम्पनी तथा आवेदकको नाम सार्वजनिक गरेको हो ।

केही समय पछि हुने कृती अवार्डका लागि धेरै समूहमा ५ वटा कम्पनी छनोटमा छन भने कतिपयमा थोरै मात्र आवेदन परेकाले उनीहरु स्वत छनोटमा परेका छन् । त्यस मध्ये आगामी कृती अवार्डको अन्तिम छनोटमा पर्नेले सो अवार्ड प्राप्त गर्ने जनाइएको छ ।

संघले विगतदेखि नै यो अवार्डलाई निन्तरता दिँदै आएको छ । संघका अध्यक्ष सन्तोष श्रेष्ठले संघले निन्तरता दिइरहेको यो अवार्ड छनोट प्रक्रियाले विज्ञापन बजार र कर्पोरेट सेक्टरमा थप उर्जा प्रदान गर्ने बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष भारष्कराज राजकर्णिकारले नपाल विज्ञापन संघको यो कार्यक्रम फदायी रहेको वताए । उनले अहिले सरकारले क्लिन फिड नीति लागु गर्न खोजेकोमा सहयोग गर्नुपर्ने त्यसले नेपालमा अझ विज्ञापन वजार सहज हुने दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.