हुलाकी न्यूज, दोहा । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए) कतारले विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार दोहास्थित होटल वेल्कोम डाइनमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका मधेशीहरुलाई सम्मान गरिएको छ । विदेशमा रहेका मधेश र मधेशीका लागि विभिन्न तबरबाट योगदान दिने मधेशीहरुलाई सम्मान गरिएको एनआरएमएले जनाएको छ ।

हुलाकी न्यूजको सूचना
कतार, साउदी, मलेसिया, दुबईलगायतका देशमा हुलाकी न्यूज डटकमको प्रतिनिधि आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुले सम्पर्क राख्नु होला । साथै तपाईहरुले पठाएको लेख, रचना र सूचनालाई हामीले पहिलो प्राथमिकता दिनेछौं । सम्पादक ।

कार्यक्रममा ई.संजय कुमार दास, ई. श्रवण कुमार झा र रघुबीर दासलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले देश बाहिर रहेका मधेशीहरुको र मधेशका विषयमा चर्चा गरेका थिए । अभय ठाकुर, बद्री यादव, दिवाकर झा र रबीन्द्र यादवलगायतले कार्यक्रममा विचार राखेका थिए ।

कार्यक्रममा स्वागत मनत्व्य ई.सम्भुनाथ साहले राखेका थिए भने कार्यक्रम संचालन चन्द्रबीर यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.