हुलाकी न्यूज, दुवई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए)ले दुबईमा इफ्तारको आयोजना गरेको छ । मधेशी मुस्लिमहरुको सम्मानमा एनआरएमएले शुक्रबार आयोजना गरेको इफ्तारमा सयभन्दा बढी मधेशी मुस्लिमहरु सहभागी भएका थिए ।

इफ्तारमा एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहा र यूएइका संयोजक डा.रबिन्द्र कुमार यादव, नेपाल मुस्लिम सोसाइटी यूएइका संयोजक फैजल हुसेनलगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष कुशवाहाले मधेशी समुदाय भित्रको आफसी सदभावलाई बलियो बनाउन यस किसिमका कार्यक्रमहरु आवश्यक रहेको बताए । कुशवाहाले मधेशीको पहिचान र अधिकारका लागि सबैलाई एनआरएमएमा आवद्ध हुन आग्रहसमेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.