हुलाकी न्यूज, नेपालगंज २८ फागुन । स्वतन्त्र मधेश गठबन्धनका पश्चिम क्षेत्रीय संयोजक इरफान शेख पक्राउ परेका छन् ।

बाँके जिल्लाको चौलिका चौकबाट शनिबार विहान साढे आठ बजे शेख पक्राउ परेका हुन् ।

सडकमा हिडिरहेका शेखलाई प्रहरीले कुराकानीका लागि बोलाएका थिए । लगतै आएको प्रहरीको टोलीले विना पक्राउ पुर्जी शेखलाई नियन्त्रणमा लिएको गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए ।

यता बाँकेका एसपी टेकप्रसाद राईले गठबन्धनका कार्यकर्ताहरुलाई पक्राउ गर्ने कुनै योजना नरहेको बताएका छन् ।

यसअघि पनि प्रहरीले शेखलाई बारम्बार धम्की दिदै आएको खानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.