माननिय प्रधानमंत्री पुष्प कमल दाहाल प्रचण्ड ज्यू !

तपाइले आफ्नो नाउको अन्त्यमा प्रचण्ड लेख्नुको कारण सप्तरी घटनाले छर्लंग पार्यो ! एमाले र माओबादी दुवै कम्युनिष्ट बिचारधाराका दाजु भाइ नै हुन, हामीलाई राम्ररि थाहा छ ! तर प्रशासनलाई कुनै पार्टीको कार्यक्रमको लागि स्टेज बनाइ रहेको फोटेज सामाजिक संजालमा छ्यापछ्यापी हेरेर दुख लाग्यो ! जनताको रक्षक टेन्ट निर्माता बन्न पुगे ! सामाजिक संजालमा तपाईहरुको बारेमा आम जनताले सत्य तथ्य लेख्यो भने साइबर क्राइम अन्तरगत मुद्दा राज्यले चलाउछ ! सप्तरी घटनामा मात्र होइनकी बिगत को आन्दोलनमा पनि मधेशी जनताको टाउको र छातीमै गोलि दागीएको भिजुवल समेत सामाजिक संजालमा राखिएको आधारमा खोइ दोषी माथि कारबाही भएको सुनिएन !

मधेशी मोर्चा सरकार बाट आफ्नो समर्थन फिर्ता लिने निर्णय मात्र सुनेर मोर्चालाई काठमाडौँ बोलाइयो र फेरी उल्लु बनाएर तपाइँ आफ्नो कुर्शी बचाउन सफल हुनु भो ! हामीलाई यो पनि थाहा छ तपाइँ आफ्नो कुर्सि जोगाउन एमाले संग पनि सम्झौता गर्न सक्नु हुन्छ तर जनतालाई त्यो देखि सरोकार छैन किन भने सत्ता टिकाउन तपाईहरु पटक पटक भारत र चाइना समक्ष नतमस्तक भइ सकेको इतिहास छ ! हामीलाई शान्ति चाहिएको हो ! संबिधानमा आफ्नो मान सम्मान र अधिकार चाहिएको हो ! तपाईहरु ले गर्दा आज मधेशी र पहाडी आम नागरिक बीच फाटो आइ सकेको अवस्था छ ! हामी आफ्नो स्कुले मित्रहरुलाई मधेश बिरोधि र तिनले हामीलाई देश द्रोही धोति भनेर सम्बोधन गर्न लागेको नैतिक जिम्मेवार तपाइँ हरु नै हो !

बन्द गर्नुस यो कुर्सिको खेल देश र जनतालाइ निकास दिनुस बिकास दिनुस !

के यो देश हामी जनताले तपाईहरु लाइ लेखि दिया हो र ? जनता बिनाको मुलुक हुदैन र जनता बिना सरकार चल्दैन ! तपाइँ हरुको कर्तुत ले गर्दा हामी यूवा पिधिको भविष्य अन्धकारमय भइ सकेको छ र हाम्रो सन्ततिको भविष्य निर्धारण समेत नभएको अवस्था छ ! तपाईहरुको छोरा छोरी को भविष्य उज्ज्वल छ किन भने हामी जनतालाई र देशको ढुकुटीलाइ तपाइँ हरुले नै चुस्नु भएको छ ! तर हामी मिहिनेत गरेर घर परिवार चलाउने आम नागरिकको बाच्ने अधिकार समेत खोस्ने दाउमा तपाईहरु हुनु हुन्छ !

याद गर्नुस दोश्रो संबिधान सभाको चुनाब अगाडी तपाइँ जनकपुरको मारवाडी सेवा समितिमा मधेशी को छोरा हु भनेर चुनाब लड्ने घोषणा गर्न आउनु भएको दिन , म पनि त्यहि थिए ! तपाइँ संग प्रश्न पनि गरेको थिए र तपाइको कार्यकर्ता हरुले मलाइ घेरेका पनि थिए ! चुनाबको बेला तपैहरी मधेशी , आदिबासी , जनजाति , राउटे , मुश्लिम , राय , लिम्बु , थारु सबै बन्न र सबलाई मान्न तयार भइ हाल्नु हुन्छ तर जितेर गइ सके पछी त्यहि बाहुन क्षेत्रि वाला पारा भइ हाल्छ किन ?

हुन त म पनि मधेशी बाहुन नै हु तर मान्शिकता तपाईहरु भन्दा धेरै भिन्न छ र म सबभन्दा पहिले नेपाली हु !२०६३ देखि अहिले सम्म देश अशान्त छ भने तपाईहरु कै कारण ले गर्दा ! तत्कालिन राजा आफ्नो चाजो पाजो मिलाई रहेको छ , कमल थापाज्यु लाइ संगै घुमाइ रहेको छ ! सावधान हुनुस हजारौ को सहादत पश्चात आएको गणतन्त्रलाई न गुमाई दिनुस !

दुनियाको हरेको मुलुक मा आन्दोलन हुन्छ तर कुनै पनि मुलुकमा जनता संग यस्तो ब्यबहार गरिदैन ! हाम्रो मुलुक हरेक नराम्रो क्षेत्रमा एक नम्बर आइ रहेको छ ! भ्रस्टाचार , गरिबी , माग्नेमा , सरकार ढाल्ने र बनाउने मा , आदि इत्यादि ! तपाइँ जंगल भोगी सकेका मनुष्य हुनु हुन्छ धेरै दुख कष्ट गरेर देशको प्रधानमंत्री समेत दोश्रो पटक बन्नु भो तर जनताको लागि केहि राम्रो काम गर्नुस ! सबलाई एकदिन मारेर जानु छ , सदाको लागि कोहि बाच्दैन र बिना नशिब्को केहि हुदैन ! समय अहिले पनि अलिक बाकि छ आफ्नो जनतालाइ समेट्नुस , जनताको कुरा बुझ्नुस , भावना पढ्नुस !

अहिले तपाइँ आफ्नो पुरानो साथि बाबुराम ज्यूसंग मात्र टाढिनु भाको छ चेतना भएन भने जनता संग पनि टाढिनु हुन्छ ! दोश्रो संबिधान सभाको चुनाबमा तपाइँ लाइ जित्न पनि धौ धौ पर्नु को कारण तपाईलाई याद होला , गल्तीलाई सुधार्नुस , देश को नेता बन्नुस ! यो पत्र मैले पिडामा लेखेको हो तर कुरा सबै सत्य हो ! मैले केहि गलत लेखेको छैन तपाईलाई पढेर रिस पनि उठ्न सक्छ र आफ्नो पद को दुरुपयोग गरि मलाइ यातना दिन पनि लगाउन सक्नु हुन्छ तर म जस्तो धेरै साथि हरुको मनमा यो कुरा खेल्दै होला पहाडी होस् या मधेशी सबैलाई अधिकार चाहिन्छ , शान्ति चाहिन्छ !

मेरो कुरामा सत्यता छ भने सम्पूर्ण यूवा संग आग्रह तपाईहरु पनि प्रधानमंत्री ज्युलाई पत्र लेख्नुस ! वहाले अबश्य पढ्नु हुन्छ , पढाउनु हुन्छ र निकास खोज्नु हुन्छ सबलाई अधिकार दिनु हुन्छ , दोषी माथि कारबाही गर्नु हुन्छ !

सुरक्षाको कारण हेराएर देश भित्र धेरै कार्यक्रमहरु रद्द भएको इतिहास छ अनि ओली कुन खेतको मुली हो जसको कार्यक्रम प्रहरीको गोलि जनताको छाती भेदेर पनि गराउन दिनु पर्ने बाध्यता छ ! नरसंघार गर्ने इच्छा नै छ भने केहि छैन यदि सहानी ल्याउने चाहना छ भने संबिधान संसोधन गरिओस र मेची महाकाली को एमालेको ड्रामा बन्द गरिओस !

अन्त्यमा भगवानले सबैलाई सद्बुधि दिओश आशा का साथ् तपाइको जवाबको पर्खाइमा यो मुलुक को नागरिक म सरोज मिश्रा को नमस्कार !

2 COMMENTS

  1. Right your statement is truth may be prachand ji will understand better this statement on he will take action emediately

  2. Ho misra ji satya kura garnu vo kin ki rajy neta hunu desh ko aasa akansa lai pura garnu ho janta ko hak hitko lagi ho naki janta lai marer aafno kursi jogaunu asal garnus asalko fal hernus amarajar rahne kosis garnus pustau samm samjhine x janta

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.