हुलाकी न्यूज, काठमाडौं :
सप्तरीको मलेठ घटनाका बारे राष्ट्रिय मानव अधिकार आयोग नेपालले सार्वजनिक गरेको प्रतिवेदनको चौतर्फी विरोध भएको छ।

आयोगको प्रतिवेदन पुर्वाग्राही रहेको र सरकारको बचाउ गर्न तथ्यहिन कुराहरु राखिएको भन्दै विरोध भएको हो।

आयोगको प्रतिवेदनको विरोध मधेशका मानव अधिकारसँग सम्बन्धीत संस्था तथा मानव अधिकारकर्मीहरुले गरेका छन्।

तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) तथा जवाफ देहिता निगरानी समितिलगायतले प्रतिवेदनको विरोध गरेका छन्।

थर्ड एलायन्सका पश्चिामाञ्चल संयोजक शैलेन्द्र अम्बेडकरले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘प्रतिबेदनमा मुख्य दोषी मधेशी जनता र मधेशी मोर्चालाई देखाइएको छ। प्रतिबेदनमा भनिएको छ कि मधेशी जनाताहरुले प्रर्दशन गर्नमा लाठी भाला प्रयोग गरेका थिए। जवकी कुनै पनि प्रर्दशनकारीहरुले भाला प्रयोग गरेका थिएनन, आयोगले सो सम्बन्धमा कुनै प्रमाण पेश गर्न सकेको छैन, पानीको फुहरा हान्ने दमकललाई आएकै थिएन अनी कुन दमकल प्रर्दशनकारीहरुले तोडफोड गरेकाथिए?’

‘प्रहरीले अश्रुग्याँस फाल्दा अश्रु ग्याँस उल्टै प्रहरीतर्फ फर्काई दिने गरेको आयोगको प्रतिबेदनमा उल्लेख छ तर जनतासंग कुनै टियर ग्याँस गन त थिएन अनी कसरी फर्काइदिएको? आन्दोलनकारीहरुसंग त्यस्तो कुनै प्रशिक्षण पनि हुदैन, हुदै नभएको कुरा प्रतिबेदनमा उल्लेख गरिएको देखिन्छ। प्रहरीले बल प्रयोग गर्दा सबै पक्रियाहरु अबलम्बन गरेको थियो। अन्त्यमा कुनै सिप नलागे पछि केही मधेशी जनताहरु कार्यक्रम स्थलमा प्रवेश गर्न लाग्दा धेरै मानवीय क्षति नहोस भनेर सस्त्र प्रहरीले गोलीचलाएको थियो भन्ने कुरा वढी सहजतरिकाले प्रस्तुतगरिएको छ। दुई चार जना मान्छे कार्यक्रम स्थलमा प्रबेश गर्ने वित्तिकै प्रहरीले टाउको र छाति ताकेर गोलीनै हान्नु पर्छ? भन्ने अधारर अवश्यक्ता के थियो ? तत सम्बन्धी केही कुरा उल्लेख गरिएको छैन। प्रहरीले प्रयोग गरेको अध्याधिक बल प्रयोगको सिद्धान्त विपरीत रहेको छ। हत्या जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनको घटनामा देशको संबैधानिक निकायको रुपमा रहेकोमा नवअधिकार आयोगको यो गैर जिम्मेवारी कार्य निन्दनीयरहेको र आयोगको निश्पक्षता र विश्वसनीयता माथि क्षयीकरण भएको छ।’ अम्बेडकरद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

घटनाको निश्पक्ष तथा स्वतन्त्ररुपले अध्ययन अनुसन्धान गरी सत्य स्थापित गरी पीडितलाई न्याय र दोषीलाई कानुन बमोजिमको कारवाही गर्नका लागी सिफारिस गर्न आयोगलाई अम्बेडकरले आग्रह गरेका छन्।

यसैगरी जनकपुरधामस्थित रामानन्द चौकमा जवाफ देहिता निगरानी समितिले विरोध प्रदर्शन गरेको छ। चौकमा कोण सभा गरी प्रतिवेदन संशोधन गर्नसमेत माग गरिएको छ।

कतिपयले उक्त प्रतिवेदन खारेजीको माग समेत गरेका छन्।

सम्बन्धीत समाचार

आयोगको कि सुरक्षाकर्मीको प्रतिवेदन? मलेठ घटनामा मधेशी मोर्चा दोषी!(भिडियोसहित)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.