हुलाकी न्यूज, गौर । चुनाव प्रचार प्रसारमा हिडेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक जना कार्यकर्ताको गोली हानी हत्या गरिएको जनाइएको छ ।

रौतहटको मौलापुर गाउँपालिका प्रमुख उम्मेदबार रविन्द्र कुमार पटेलका भतिज १५ वर्षीय बलविर पटेलको हत्या भएको छ ।

तर स्थानीय सञ्चारकर्मीहरुले गोली प्रहार नभएको बताएका छन् । उनीहरुले ट्याक्टरमा आइरहँदा कुटपिट गरी हत्या गरिएको बताएका छन् ।।

प्रमुख उम्मेदबार रविन्द्रका दाई राजेन्द्र पटेल पुरा परिवारसहित चुनाव प्रचारप्रसारमा हिडेका थिए । सोही क्रममा उनका छोरा बलविरमाथि माओवादी कार्यकर्ताहरुले आक्रमण गर्दा मृत्यु भएको राजपाले जनाएको छ ।

राजपाले मंगलबार साँझ जारी गरेको विज्ञप्ती अनुसार माओवादी कार्यकर्ताहरुले पटेलको हत्या गरेको जनाएको छ । राजपा प्रवक्ता सन्तोष मेहताले जारी गरेको विज्ञप्तीमा घटनाको छानविनसहित पीडितलाई क्षतिपुर्ति र दोषीलाई कारवाहीको माग गरिएको छ । तस्बीर : अभिमन्यु पटेल

माओवादीको दाबी ‘ट्रयाक्टर दुर्घटनामा पटेलको मृत्यु’

2 COMMENTS

  1. यो ज्यादती दुवै पक्षको हो । अनि १५ वर्षीय बालकलाई पनि कार्यकर्ता घोषणा गर्ने कस्तो राजनीतिक सोच हो ? यो आचारसंहिता विपरीत छ । कारवाही दुवै पार्टीलाई गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.