
हुलाकी न्यूज, काठमाडौं ३ भदौ । तेस्रो मधेश आन्दोलनसहितका क्रममा मारिएका १४ जनालाई सरकारले सहिदको सुचीमा समावेश गरेको छैन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुझाएका मध्ये १३ जना र एक जना थारुलाई सहिद सुचीमा राखिएको छैन ।
मोर्चाद्वारा प्रस्तुत गरिएका मध्ये सहिद सुचीमा नपरेका सिमरौनगढ आन्दोलनका एक जना र रौतहट सेवा केन्द्र विस्तारको विरोधमा भएका आन्दोलनका दुई जनासमेत रहेको छ । त्यसबेला स्थानीय प्रशासनले सहिद घोषणा गर्ने र उचित क्षतिपुर्ति दिने सहमति गरेको थियो ।
तेस्रो मधेश आन्दोलनको क्रममा मारिएका र सहिद सुचीमा नराखिएकोहरु सप्तरीमा २०७२ मंसिर ५ गते मारिएका शिवशंकर दास र सप्तरीमै २०७२ आश्विन १४ गते मारिएका बालकृष्ण राय रहेका छन् ।
त्यस्तै, धनुषामा २०७२ आश्विन २४ गते मारिएका रोशन ठाकुर रहेका छन् ।
त्यस्तै सर्लाहीका २०७२ मंसिर १७ गते मारिएकी राधिका देवी कथबनिया र आश्विन १४ गते मारिएका उमेश कापड सहिद लिष्टमा परेका छैनन् ।
त्यस्तै, पर्सामा २०७२ कार्तिक १६ गते मारिएका आशिष कुमार रामलाई सहिद सुचीमा राखिएको छैन ।
त्यस्तै, रुपन्देहीमा २०७२ भदौ ५ गते मारिएका सुनील यादव, ३ गते मारिएका रामेश्वर पासी, र ७ गते मृत्यु भएका शैलेन्द्र श्रीवास्तव सहिद सुचीमा परेका छैनन् ।
त्यस्तै २०७२ मै मधेश–थरुहट आन्दोलनमा मृत्यु भएका चिन्कु गडौरा थारु र टिकापुर घटना पछि सुरक्षाकर्मीद्वारा मारिएका साकीराम चौधरी‘ड्राईभर’लाई पनि सहिद सुचीमा राखिएको छैन ।
यता मधेशी मोर्चाले सहिद सुचीमा समावेश गर्न माग गरेका सेवा केन्द्र विस्तारका क्रममा रौतहटमा २०७२ साउन २१ गते मारिएका विद्यानन्द राय यादव र २०७१ चैत २३ गते मारिएका रामअशिष ठाकुरलाई पनि सहिद सुचीमा राखिएको छैन ।
त्यस्तै सिमरौनगढ आन्दोलनमा बारामा २०७१आश्विन २५ गते मारिएका जयनारायण पटेललाई पनि सहिद सुचीमा समावेश गरिएको छैन ।
रौतहट र सिमरौनगढमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने सहमति स्थानीय प्रशासनले गरेको मधेशी मोर्चाको दाबी रहेको छ ।

रुपन्देहीको डण्डी पुलमा आन्दोलनकारी र गैरमधेशीबीच भएको झडपमा घाइते भएका दुर्गेस यादवलाई एम्बुलेन्समा ल्याउँदै गर्दा भैरहवामा प्रहरीले एम्बुलेन्सबाट थुतेर कुटपिट गर्दै अस्पताल लग्नमा अवरोध गरेका थिए । त्यसपछि यादवको मृत्यु भएको थियो । तस्बिरमा यादवका पिता । तस्बिर : बीपी साह
सम्बन्धीत समाचार



