
हुलाकी न्यूज, सिहार (लहान) : स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठकले ‘जनमत पार्टी’ गठन गरेको छ।
सिरहा जिल्लाको लहानस्थित माडवाडी सेवा सदनमा चैत्र ३ र ४ गते बसेको परिषद् बैठकले गठबन्धनका संयोजक डा.सीके राउतको नेतृत्वमा पार्टी गठन भएको छ।
फागुन २४ गते नेपाल सरकारसँग गरेको ११ बुँदे सहमति बमोजिम तथा गठबन्धनको रणनीति बमोजिम पार्टी गठन गरिएको जनाइएको छ।
‘जनमत दो, आजादी लो’ भन्ने नाराका साथ गठन गरिएको पार्टी केही दिनभित्रै निर्वाचन आयोगमा दर्ता हुनेछ।
पार्टी दर्तापछि गठबन्धनले मधेशका जिल्लाहरुमा बृहत्त सभा गर्ने जनाएको छ। सभासँगै सदस्यता वितरणको कार्यक्रम पनि चलाइनेछ।
यसैगरी, पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सम्बन्धको विस्तार गर्नेछ।
पार्टीले १० लाख सदस्य बनाएपछि बृहत्त सभा गरी जनमतसंग्रहको माग गर्ने बुझिएको छ।
चुनावमा सहभागी हुने विषयमा गठबन्धनको स्पष्ट रोडम्याप आउन सकेको छैन।
गठबन्धनका नेताहरुले आफूहरु कुनै पनि एजेण्डाबाट पछि नहटेको बताएका छन्। जनताको भावना र जनमत अनुसार नै
गठबन्धन अगाडि बढ्ने नेताहरुले प्रतिक्रिया दिएका छन्।
गठबन्धन र पार्टीका कार्यक्रमहरु आगामी दिनमा सार्वजनिक हुने जनाइएको छ।
गठबन्धनको परिषद् बैठकले सरकारसँग भएको ११ बुँदे सम्झौताको स्वागत गर्दै पालना गर्ने पनि प्रतिवद्धता व्यक्त गरेको छ।
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु
डा. सिके राउत राष्ट्रिय अध्यक्ष
केन्द्रिय सदस्यहरु
कैलाश महतो (महोत्तरी),
राज कुमार यादव (सिरहा),
अब्दुल खान (बर्दिया),
चन्दन सिंह (महोत्तरी),
बबिता ईसर (सप्तरी),
कौशिला महतो (झापा),
परमेश्वर मुर्मु (मोरंग),
सीताराम पंडित (सुन्सरी),
सुरेन्द्र शर्मा (सप्तरी),
सतिला यादव (सिरहा),
इन्द्रजीत यादव (धनुषा),
संजय यादव (महोत्तरी),
नरेश कुशवाहा (सर्लाही),
वीरेन्द्र साह (रौतहट),
दिनेश यादव (बारा),
संजय साह (पर्सा),
ध्रुव गौड (नवलपरासी),
भोपेन्द्र यादव (रुपन्देही),
हकिकुल्ला खान (कपिलवस्तु),
राधा यादव (दाङ),
इरफान अहमद शेष (बाँके),
महेन्द्र प्रसाद चौधरी (कैलाली),
दुर्गा चौहान (नवलपरासी)
र आशा मेहता (सुन्सरी)
बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।
यसैगरी, बैठकको निर्णय सार्वजनिक गर्न जारी भएको विज्ञप्ति
प्रेस-विज्ञप्ति – २०७५ चैत्र ४ गते सोमबार
स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं-७ मा चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ।
निर्णय गरिएका महत्त्वपूर्ण केही बूँदाहरु :-
• स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम-जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ।
• केन्द्रिय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ।
o पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ।
o पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।
o पार्टीको लोगोको रुपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ।
o पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।
o केन्द्रिय भेलाले पार्टीको लागि ३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिनेछ।केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।
३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।
• स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३-सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको छ।
• “जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ।
• “जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ-संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ।
धन्यवाद !
अब्दुल खान
केन्द्रिय सदस्य
जनमत पार्टी




Ck.ji log itna v bebkoof nahi hai mujhe lagta hai ki AAP v bebkoof banke rah jaaoge apni hi bato see torn Lena …. AAP ka dimad kharab hogya hai ki AAP janmat party khol ke logo ko pagal samjha hai swaraj ko bech diya oli ke hato mujhe to hashi aarahahai AAP ke bichar pe