mpl_faner
हुलाकी न्यूज, काठमाडौं १ कार्तिक ।
मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको दोस्रो सिजनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

भोलि(मंगलबार)बाट सुरु हुने एमपीएलको सम्पूर्ण तयारी पुरा भएपनि सशस्त्र प्रहरी बलले रोक लगाएको छ ।

एमपीएल दोस्रो सिजनको उद्घाटन खेल जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाको खेल मैदानमा निर्धाण गरिएको छ । धनुषा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धीत सम्पूर्ण निकायले स्वीकृति दिएपछि उक्त मैदानको पिच तयार गरिएको छ ।

तर आइतबार दिउँसो शसस्त्र प्रहरी बलले खेल मैदानमा गएर काम रोक्न लगाएको छ । सशस्त्र प्रहरीले माथिको आदेश भनेर एमपीएलमा रोक लगाएको हो ।

cdo_latter

एमपीएलका आयोजक संस्था मधेशी इन्जिनियरिङ्ग स्टुडेन्टस् युनियनका अध्यक्ष संजिव यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै सशस्त्र प्रहरीले अनावश्यक रुपमा एमपीएल रोक्न खोजेको आरोप लगाए ।

यादवले भने,‘सम्पूर्ण निकायले स्वीकृति दिएपछि हामीले तयारी गरेका छौं तर खेल सुरु हुनुभन्दा एक दिन पहिले प्रहरीले रोक लगाउनु गलत हो । म सम्पूर्ण पक्षलाई सहयोग गर्न आग्रह गर्दछु ।’

मधेशका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासका लागि मधेशी विद्यार्थी तथा विभिन्न संघसंस्थाको प्रयासमा एमपीएल सुरु गरिएको हो ।

एमपीएलमा मधेशका विभिन्न जिल्लाबाट १६ वटा क्रिकेट टीम सहभागी हुने सुनिश्चित भइसकेको छ भने खेल सीट पनि प्रकाशति गरिएको छ । एमपीएल कार्तिक दुईगतेदेखि ११ गतेसम्म हुनेछ ।

MPL-2 Logo

6 COMMENTS

  1. प्रहरीलाई एक चोटी समझाउ र सम्झदैन भने हामी मधेशका सबै विद्यार्थी मिलेर प्रहरी लाई लखेटौँ । कुनै पनि हालतमा MPL 2nd Season सफल पारौँ।

  2. यह कार्य औपनीवेशिक शासन का अन्तिम चरण हैं। मधेशी का जीवन स्तर उपर नहीं हो इसिलिये यह रोक लगाया गया हैं। खेल में कोई राजनीति सम्बन्ध नहीं फिर भी यह रोक लगाने का मतलव हैं कि नेपाली शासक वर्ग मधेशीयों से सिर्फ अपना स्वार्थ ताड़ना चाहते हैं। इसमें साथ देने वाले कुछ भड़ुवे मधेशी नेता का कहने पर हि यह प्रतिबंध लगाया गया हैं क्यों कि वे सब यह जान्ते हैं कि मधेश आजाद होने के बाद हर मधेशी जनता खुल्ले सास लेगा और किसि भड़ुवे नेता का आगे पिछे नहीं करेगा। इसिलिये वे सब मधेशी खिलाड़ी का मनोबल तोड़ने में लगे हैं। पर उन्हें बोध हो कि वीर मधेशी किसिके आगे झुक्ता नहीं।
    नेपाली उपनिवेश अन्त हो मधेश देश स्वतन्त्र हो।
    जय मधेश अपना देश।
    Er. RP Singh
    Durgapur-3, Siraha (Madhesh)
    http://www.facebook.com/er.rpsingh0580

  3. यो एकदम गलत कुरा हो ,यसो गरे भने नेपाल र नेपाली भने सबैको लागी खतरा को संकेत हो।
    नेपाली खस सासकरुले मधेसलाई आफनो गुलाम बनाउन खजदै छन।
    अझै पनि हमरो मधेसी नेतारु को आँखामा पटी बाधे छन।
    मेरो बिचारमा सबै मधेसी जनता ,नेता,शिक्षक, समसत मधेसीले डा.सि.के.राउतको समरथन गरनु परयो।
    जय मधेस

  4. अब धेरै गल्ती गर्न सरकार लाई मधेसी युवा सहन सकदैन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.