स्वतन्त्र मधेश आन्दोलनः विराटनगर, लाहान र रौतहटबाट दर्जनौं पक्राउ

141

Lahan_protest1
हुलाकी न्यूज डेस्क, काठमाडौं २१ माघ । स्वतन्त्र मधेशको माग गर्दै आएको स्वतन्त्र मधेश गठबन्धन दर्जनौं कार्यकर्ताहरु पक्राउ परेको छन् । गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई विहीबार प्रहरीले पक्राउ गरेपछि मधेशका जिल्लाहरुमा आन्दोलन भड्किएको हो ।

डा.राउतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका कार्यकर्ताहरुले गृहमन्त्री विमेन्द्र निधिको पुतला दहन गरेका छन् भने मधेशी मोर्चाका नेताहरुप्रति आक्रोस पनि व्यक्त गरेका छन् । रुपन्देहीमा गृहमन्त्री निधिको पुतला दहन भएको छ भने मधेशी मोर्चाका नेताहरुप्रति आक्रोस व्यक्त गरिएको छ ।

यता डा.राउतको रिहाइको माग गर्दै विराटनगरमा प्रदर्शनमा उत्रेका मध्ये ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरबाट पक्राउ पर्नेहरुमा रामनारायण साह, संतोष यादव, सुनिल यादव, विमलेश महतो, सुशिल मण्डल, अजय मण्डल, अनिल मण्डल, अमृत यादव, कृष्णा साह, अजय साह, र सुरेश यादव रहेको गठबन्धनले जनाएको छ ।

त्यस्तै, सिरहाको लाहानमा पनि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ । झडपपछि प्रहरीले लाहानबाट २१ जना प्रर्दशनकारीलाई पक्राउ गरेको छ । केही प्रदर्शनकारीलाई कुटपिटसमेत गरिएको गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए ।

त्यस्तै, रौतहटको गरुडाबाट पनि डा.राउतको रिहाइको माग गर्नेहरु पक्राउ परेका छन् । रौहटबाट ९ जना पक्राउ परेको गबठन्धनले जनाएको छ ।

जनकपुरधाम, बीरगञ्ज र नेपालगञ्जमा प्रर्दशन जारी रहेको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here