सीके राउतको कार्यकर्ता देखे पछि तर्सिए उपेन्द्र यादव

Ck-raut-caders

हुलाकी न्यूज, मुजफरपुर १८ माघ । बिहारको मुजफरपुरमा ‘मधेश आन्दोलनमा हाम्रो भूमिका’ विषयको कार्यक्रम आइतबार भयो । कार्यक्रममा मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव पनि पुगेका थिए ।

मिडिया फोर बोर्डर हार्मोनी तथा भारत–नेपाल मैत्री संघले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि थिए भारतीय पूर्व मन्त्री डा.रघुबंश प्रसाद सिंह । मुजफरपुर प्रेस क्लबमा भएको खुल्ला कार्यक्रममा मञ्च कै अगाडि पट्टि स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु ‘मै सीके हुँ’ लेखिएको टोपी लगाएर बसेका थिए ।

कार्यक्रममा सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै उपेन्द्र यादवले आयोजकलाई सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर गर्न आग्रह गरेका थिए । आयोजकले यो खुल्ला कार्यक्रम हो भनेर यादवको कुरालाई टालेका थिए ।

कार्यक्रम अगाडि बढ्दै गयो उपेन्द्र यादवको टाउँको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा उपेन्द्र यादवले अगाडि पट्टि रहेका सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई अढाए । तर पुनः आयोजकले मानेन् ।

कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले हुलाकी न्यूजलाई भने,‘सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंश प्रसादले सीके राउतको चर्चा गरेपछि यादव जी रातोनपिरो हुनु भयो ।’

कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे ।

झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसादले मधेश अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भने पछि राउतका कार्यकर्ताहरु हौसिए । यता उपेन्द्र यादवको टाउको दुखाई बढ्दै गएको थियो ।

यसअघि पनि सिमा क्षेत्रमा डा.रघुबंश प्रसादको नेतृत्वमा भईरहेका कार्यक्रमहरुमा सीके राउतका कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहँदै आएको छ ।

Madheshi-morcha-majapharpurकभर : फाईल फोटो

SHARE

3 COMMENTS

  1. The Madhesh based political parties and politicians should now understand what common Madheshi people want. Upendra Yadav or other politicians with similar wave length and rationality should start analyzing the new Madheshi wave supporting the slogan of SWATANTRA Madhesh and gradually change in perception, attitude and action. It looks CK Raut has become a reality among Madheshi youths. Political analysts think that Madhesh will be a SWATANTRA country in 15-20 years time, if the rulers in Kathmandu become more insensitive and discriminatory against Madheshi people. Madhesh Freedom Movement will follow principles and approach of Gandhi and will have great support from Bihar and UP. Time is much stronger than people and it will dictate the results.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.