
हुलाकी न्यूज, काठमाडौं २१ माघ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत पक्राउको विरोधमा मधेशभरि जनप्रदर्शन भएको छ ।
प्रदर्शनको क्रममा झापा, मोरंग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरूमा हजारौं समर्थकहरुले शान्तिपूर्ण जनप्रदर्शन गरेका छन् । सोही क्रममा नेपाल प्रहरीले लाठीचार्ज गरी सयौं समर्थकलाई हिरासतमा लिएको छ ।
यसैक्रममा विराटनगरबाट अजय साह, अर्जुन यादव, अमरेश यादव, श्याम यादव, संतोष यादव, बिमलेश महतो, अनिल मंडल, शुसिल मंडल, कृष्ण साह, सुरेश यादव पक्राउ परेको सहसंयोजक महतोले जनाएका छन् ।
त्यस्तै, सिरहाको लहान बजारबाट संजय यादव, राजकुमार, यादब(त्यागी), संजय यादब, संतोस यादव, सुरेश प्र यादव, बिपिन यादव, रुकेश शाह, अरबिन्द सहनि, लक्षमेश्वर कापर, राजेश यादव, राकेश कु यादव, रामशकर यादव, अमरनाथ साह, दिपेन्दर सिके, रोशन यादव, रामकृषण यादव, स्याम कु यादव, शिवकुमार महतो, सुरेस यादव, बिनोद यादव, अशोक कु यादव, प्रमोद कु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
भारदह, सप्तरीबाट दर्जनौं समर्थकलाई हिरासतमा लिई बेलुकी रिहाई गरेको छ्र । रूपन्देही, नवलपरासी र कपिलवस्तुमा गृहमन्त्री लगायत प्रधानमन्त्री समेतको पुतला दहन गरेको खवर स्थानीयबाट प्राप्त भएको छ ।










