madheshi-armed-group

हुलाकी न्यूज, काठमाडौं २ माघ । मधेश आन्दोलन तीन महिनासम्म जारी रहँदासमेत शान्त भएर बसेका मधेशका सशस्त्र समूहरु पछिल्लो महिनादेखि सक्रिय हुन थालेका छन् ।

हुनत आन्दोलन सुरु भएपछि जयकृष्ण गोइत र ज्वाला सिंहलगायतका समूहहरु एकीकृत भएर अगाडि बढ्ने निर्णय गरिसकेका थिए ।

त्यसपछि सप्तरीमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले एक जना प्रहरी अधिकारीको हत्या ग¥यो । र, त्यसक्षेत्रबाट प्रहरी चौकी नै सारियो भने अन्य स्थानका प्रहरीहरु पनि त्रसित थिए ।

पछिल्लो साता सिरहामा विस्फोटको श्रृंखला सुरु भएको छ । गएराती मिर्चैयामा बम बिस्फोट गरिएको छ । शिला पेट्रोल पम्पमा बम बिस्फोट गरिएको हो ।

तराई–मधेशमा आन्दोलन जारी रहेपनि शिला पेट्रोल पम्पले ईन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले फोनमार्फत जानकारी गराएका हुन् ।

यसैबीच, मधेश बिरोधी संबिधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई पनि सरकार छाडेर तराई झर्न आह्वान गरिएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।

श्रृंखलावद्ध रुपमा बम बिस्फोट भएपछि प्रहरीले सुरक्षा सर्तकता बढाईएको छ । यसअघि सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोलपम्पमा पनि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले बम बिस्फोट गराएको थियो ।

अर्कोतर्फ ज्वाला सिंहले पनि सशस्त्र गतिविधिलाई तीब्रता दिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.