Bimalendra-nidhi-home

हुलाकी न्यूज, जनकपुरधाम १८ माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको जनकपुरस्थित घरमा मधेशवादी दलका कार्यकर्ताहरुले आगजनी गरेका छन् । जनकपुरधामको अवस्था अहिले पनि तनावग्रस्त रहेको युवा नेता जानी खानले हुलाकी न्यूजलाई बताए ।

जनकपुर –१ मिल्स एरियास्थित निधीको घरमा मोर्चा कार्यकर्ताले लगाएको आगोले घरमा पार्किङ गरी राखेको ज ३ प ९४३८ नम्बरको मोटरसाइकल जलेको छ।

प्रदर्शनकारीले निधीको घरको कम्पाउन्ड वाल भत्काएर घरभित्र पनि ढुंगामुढा गरेका छन्। निधीका दाजु नवेन्द्र निधी बस्ने घरभित्रै पसेर प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। प्रदर्शनकारीले हानेको ढुंगाले लागेर निधीकी भाउजु किरण निधी घाइते भएको परिवारजनले जनाएको छ ।

Bimalendra-nidhi-janakpur

आन्दोलनकारीले निधीको घर आगनमा राखिएको आधा दर्जन कुर्सी पनि भाँचिदिएका छन्। घटनापछि पुगेको प्रहरी र छिमेकीले मिलेर आगो नियन्त्रणमा लिएपनि मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्ज अयोधीप्रसाद यादवले बताए ।

त्यस्तै मोर्चा र प्रहरीबीच झडप हुँदा मोर्चाका आधा दर्जन कार्यकर्ताहरु घाइते भएका छन् । त्यस्तै संसद आन्नद ढुँगानाको घरमा पनि ढुँगामुढा भएको छ ।

यसअघि मोर्चाका कार्यकर्ताहरुले जनकपुरधाममा लाठी जुलुश प्रदर्शन गरेका थिए ।

janakpur-lathi-protest

1 COMMENT

  1. यस्तै गरि तराइको सबै जिल्ला बाट कोङ्रेस र एमाले लाई जारा बाट उकायो भने मात्र मधेसी को सबै माग पूरा हुनछ न्त्र हुदाइन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.