Cp-mainali-minister

हुलाकी न्यूज, काठमाडौं ५ माघ । नेपाल सरकारका एक जना उपप्रधानमन्त्रीले मधेशै मधेशको प्रदेश हुन नसक्ने स्पष्ट पारेका छन् । उनले मधेशमा दुई प्रदेश पनि हुन नसक्ने ठोकुवा गरेका छन् ।

काठमाडौंमा मंगलबार रिपोर्टस् क्लवले आयोजना गरेको कार्यक्रममा उपप्रधान एवम महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले मधेशमा दुई प्रदेश हुन नसक्ने ठाकुवा गरेका हुन् ।

उपप्रधानमन्त्री मैनालीले मधेशी दलहरु मधेश केन्द्रीत नभई आत्म केन्द्रीत भएकोले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको दाबी गरे । उनले हिमाल हिमालको प्रदेश सम्भव छैन भने तराई तराईको प्रदेश पनि नहुने स्पष्ट पारे ।

उनले मधेशी दलहरुले सीमांकन गर्ने संयन्त्रको कार्यादेशलाई अनुसूचिमा राख्न नसकिने र मधेशमा दुई प्रदेश पनि हुन नसक्ने बताए ।

छिमेकी मुलुकसँगको असंलग्न र तटस्थ परराष्ट्र नीति अनुसारकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउँदा राम्रो हुने उनले तर्क गरे ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.