Tharu-protesters

हुलाकी न्यूज, कैलाली २१ माघ । थारुहरुको बृहत्त आमसभा हुने भएको छ । कैलाली घटना पछि थारुहरुको यो पहिलो बृहत्त आमसभा हुन लागेको हो ।

आउँदो शनिबार कैलालीको पहलमानपुरमा बृहत् आमसभा हुने थरुहट–थारुवान संयुक्त संघर्ष समितिका कैलालीले जनाएको छ ।

समितिका प्रवक्ता माधव चौधरीका अनुसार आमसभामा नागरिक समाजका अगुवा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवा पदमरत्न तुलाधर, ओम गुरुङ, नयाँ शक्तिका अभियन्ता पासाङ शेर्पा, नेकपा माओवादीका सचिव देव गुरुङ, संघीय समाजवादी फोरम नेपालका अशोक राई, आदिवासी महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पालगायत नेताहरु उपस्थित रहनेछ ।

त्यस्तै थारु नेताहरुमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरी, सोही पार्टीकी सांसद गंगा थारु, फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीलगायत पनि सहभागी हुने प्रवक्ता माधव चौधरीलाई उधृत गर्दै थारुवानले जनाएको छ ।

आन्दोलनको स्वरुप परिवर्तन गरी थप व्यस्थित तरिकाले आन्दोलन अगाडि बढाउनका निम्ति आमसभा आयोजना गरिएको चौधरीले बताए । सरकारले थारुहरुको मागप्रति अझै गम्भीर नरहेको भन्दै आन्दोलन झन् सशक्त बनाउने थारुहरुले जनाएका छन् ।

टीकापुर घटनापछिका आमसभामा उपस्थिति कम भए पनि यसपटक थारुहरुको ब्यापक उपस्थिति रहने आयोजकले जनाएको छ ।

सद्भावनाका केन्द्रीय सदस्य रेशम चौधरीले टीकापुरमा बृहत आमसभा आयोजना गरी मधेशीलगायत पहिचानसँग सम्बद्ध नेताहरुलाई बोलाएका थिए । सोही आमसभाका कारण टीकापुर घटना घटेको भन्दै सरकारले उनीलगायत थारु नेताहरुविरुद्ध ज्यान मार्ने अभियोग लगाएको छ । जसअनुसार अहिले लक्ष्मण थारु, लाहुराम थारुलगायत २२ जना कैलाली करागारमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.