
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा जीवनजल पाउन नसक्दा राजु सदाको मृत्यु भयो। अहिलेसम्म प्रदेश सरकार वा प्रदेशसभाले प्रतिवेदन सार्वजनिक गरेको छैन।
सोही प्रदेशका मुख्यमन्त्रीले एक आर्थिक वर्षमा कतिको पानी पिउँछन् होला?
प्रदेश २ सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका लागि १३ लाख २० हजार रकम खाने पानीका लागि छुट्याइएको छ।
मुख्यमन्त्री कार्यालयमा जारको पिउने पानीका लागि ८ लाख ४० हजार र मिनिरल वाटरका लागि ४ लाख ८० हजार रकम छुट्याइएको छ।
यसैगरी, मुख्यमन्त्री कार्यालयमा जडान भइसकेको टेलिफोन सेवा पुनः जडानका लागि १ लाख २० हजार, जडान भइसकेको इन्टरनेट सेवा पुनः जडानका लागि ५० हजार, विस्थापित भइसकेको फ्क्याक्स सेवा जडानका लागि ५० हजार र टेलिफोन महसुलका लागि १ लाख ८० हजार छुट्याइएको छ।
गुगल र याहुलगायतको वेवसाइटले निःशुल्क उपलब्ध गराउने इमेल सेवाका लागि मुख्यमन्त्री कार्यालयमा २ लाख ४४ हजार छुट्याइएको छ। जसमा इन्टरनेट र वेबसाइट महसुल पनि जोडिएको छ।
यसैगरी, कर्मचारीको सुविधाको सञ्चार खर्च र हुलाक तथा कुरियर खर्चका लागि ३ लाख २४ हजार रकम छुट्याइएको छ।

प्रदेश सरकारद्धारा विनियोजित बजेटहरु बारे थप सामाग्रीका लागि हुलाकी न्यूज हेर्दै गर्नु होला।




[…] अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख… […]
[…] अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख… […]
[…] अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख… […]