राजविराज,३० कार्तिक : मधेशी जनताको हक अधिकारको मतलाई सक्ता प्राप्ति र आफ्नो स्वार्थपूर्तिको भाडो बनाएपछी मधेसमा अलोकप्रिय बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न नयाँ हत्कण्डा अपनाएको छ।
भाषणमा जातीय सदभाव कायम गर्नुपर्ने ,निष्ठाको राजनीति गर्नुपर्ने भनेर अर्ति दिने उपेन्द्र यादव चुनाव जित्न जुनसुकै हदसम्म जान तयार रहेको उनका एक जना समर्थकले जनकारी दिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनावी प्रतिस्पर्धामा हार्ने देखिएपछि जातीयताको साहरा लिएका छन् ।तर ,राजविराजको यादवहरुले पनि उपेन्द्र यादवलाई मत नदिने मनसाय बनाएको छ ।स्थानीय संजय यादवले भने ,’कुन आधारमा यादवले मत दिन्छ उपेन्द्र यादवलाई राममनोहर यादवलाई किन हत्या गराउनुभयो उनले प्रश्न ? गरेको छ ।’
राममनोहर पनि त यादवकै छोरा रहेको थियो नि ,त्यति खेर किन सोच्नुभएन अनि अहिले जातिबादको कुरा गरिरहदा कतिको औचित्य ठान्नुहुन्छ उनले भन्नुभयो । यादव समुदायीले पनि उपेन्द्रलाई भोट नदिने संजय यादवले जिकिर गरेका हुन् ।
राजविराजमा अलोकप्रिय बन्दै गएका उपेन्द्रले यादव समुदायको मत पाएर चुनाव जित्ने रणनीति पनि असफल भएको देखिन्छ । पछिल्ला दिनमा यहाँ जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा सीके राउतको पक्षमा माहोल बन्दै गएपछि उपेन्द्रले भावनात्मक रुपमा यादवहरुलाई एकत्रित पारेर चुनाव जित्ने योजना बनाएको थिए ।तर ,त्यो रणनीति पनि उपेन्द्रको काम नलाग्ने भएको छ ।यहाँका जनताले डा .सीके राउतको पक्षमा पतादान गर्ने स्थानीय मतदाताहरुले बताउछ ।
उपेन्द्रले हिंसा भड्काउन सक्ने आकलन गरेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जातीय हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।