विगत लामो समयदेखि मधेशको सशस्त्र राजनीतिमा रहेका राजिव झा अहिले नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य छन् । उनी मधेशमा जारी आन्दोलनमा सक्रियतरुपमा जनकपुरधाम क्षेत्रमा लागेका छन् । मधेशमा अहिले स्वतन्त्र मधेश पक्षधर र सशस्त्र समूहहरु मौलाउँदै गएको अवस्थामा उनी भन्छन्, ‘अहिले नै छुट्टै देश बनाउने अवस्था आईसकेको छैन ।’ त्यस्तै उनी सरकार केही दिन मै घुँडा टेक्ने बताउँदै आन्दोलन धेरै दिन नलम्बिने बताउँछन् । झासँग हुलाकी न्यूजका लागि गरिएको कुराकानीको सम्पादित अंश ।

संविधान जारी हुनुभन्दा एक महिला पहिलेदेखि आन्दोलन गर्दै हुनुहुन्छ, संविधान त जारी भईसक्यो अव के गर्नु हुन्छ ?

यो संविधान खसवादी भित्रको पनि एक जातलाई शक्ति र सक्तामा टिकाई राख्नका लागि बनाइएको हो । त्यही जातको केही व्यक्तिले यो संविधान बनाएको हो । त्यसकारण यो संविधान सम्पूर्ण नेपालीको हो भनेर भन्नु मुर्खता हो । यो संविधानलाई नेपालको आधा जनसंख्या मधेशले स्वीकारेको छैन । कुनै पनि हालतमा स्वीकारर्ने पनि छैन । विगत ३९ दिनदेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौं तर सरकारले सुनेको छैन । अव आन्दोलनको रुप परिवर्तन गर्ने निर्णय गरेका छौं ।

कस्तो रुप परिवर्तन ?

अव हामी नाकाबन्दी गर्दैछौं । काठमाडौंमा भोकमरी पसेपछि मात्र काठमाडौंले मधेशको महत्व बुझ्छ । अहिले त उपनिवेश मात्र बुझेको छ । कस्तो नाकाबन्दी हुँदैछ ? हामीले हाम्रो आन्दोलनको स्वरुपमा नाकाबन्दी पनि राखेका थियौं । त्यस अन्तरगत मंगलबारदेखि हामीले नाकाबन्दी सुरु गरेका छौं । हामी सीमा क्षेत्रमा सर्वसाधारण जनतादेखि पार्टीका अध्यक्ष र कार्यकर्ताहरु पनि धर्नामा बसेका छौं । अन्य मोर्चाका नेता तथा कार्यकर्ताहरु पनि छन् ।

तर भारतीय सरकारी पक्षको सहयोग छैन नि ?

हामीलाई भारत सरकारले सहयोग गरोस् वा नगरोस् त्यो हाम्रो सरोकारको विषय होइन । हाम्रो सरकारको विषय भारतीय क्षेत्रका जनता हुन् । हाम्रो सम्बन्ध भारतीय जनतासँग छ । हामीलाई त्यस क्षेत्रका भारतीय जनताले सहयोग गर्दैछ ।

त्यहाँ त दुबै तिरको सुरक्षा निकाय कडारुपमा प्रस्तुत भएका छन् नि ?

नेपाली सुरक्षा निकाय निश्चित जातीको सुरक्षा दिनका लागि हो । हामीले नेपाली सुरक्षा निकायलाई हाम्रो सुरक्षा निकाय हो भनेर आत्मादेखि कहिले पनि स्वीकार गरेका छैनौं । त्यसकारण नेपाली सुरक्षा निकायलाई हामी मानेका पनि छैनौं । रह्यो भारतीय सुरक्षाकर्मीको कुरा त भारतीय जनताले सहयोग गरे पछि सुरक्षाकर्मीले किन गर्दैन ?

यत्रो दिनको बन्दले जनता वाक्कदिक्क भईसकेका छन् नि ?

अहिले सबै जनता हाम्रो सहयोगमा छन् । जनता सहयोगमा नभएको भए अहिले मधेशका सडक र सहरमा देखिने लाखौंको जुलुस आकाशबाट त आएको होइन । सबै मधेशी जनता नै हुन् । अर्कोकुरा सरकारले कारवाही गर्ने चेतावनी दिदादिदै सरकारी कर्मचारीहरु पनि हाम्रो आन्दोलनमा छन् नि त । त्यति मात्रै होइन, मधेशी प्रहरीहरु पनि हाम्रो सहयोगमा छन् ।

जनतालाई सास्ती दिएर यति दिन बन्द गराउनु भयो तर केही भएन, अव केही हुन्छ र ?

यति दिनको आन्दोलनबाट केही भएन भन्नु गलत हो । केही परिवर्तन भएको छ । अन्तर्राष्ट्रिय निकायले चाँसो दिन थालेका छन् । केही कुराहरु संसोधन भएका छन् । र, सबभन्दा महत्वपूर्ण कुरा सरकार र खसवादी पार्टी त्रसित छन् ।

त्यसो भए यो आन्दोलन कहिलेसम्म लम्बिन छ त ?

धेरै लम्बिदैन । चाँडै नेपाल सरकार र तीन दलले मधेशी सामू घुँडा टेक्दैछ । नाक घसेर भएपनि तीन दलका मण्डलेहरुले मधेशीलाई अधिकार केही दिनभित्रै दिन्छ । होइन भने मधेशमा स्वतन्त्र मधेश माग्नेहरु दिनप्रति दिन बढ्दै जानेछ ।

स्वतन्त्र मधेशको चर्चा गर्नु भयो, के छ अवस्था ?

अहिले खबवादी सरकारले मधेशीहरुलाई शरनार्थी बनाएको छ । बनाउन खोज्दै पनि छ । त्यसकारण सँधै हामीलाई बस्न दिएन भने त्यो त अवस्य हुन्छ । तर अहिले तत्काल नै स्वतन्त्र मधेश देश बनाई हाल्ने अवस्था आएको छैन । यस्तै अवस्था रह्यो भने त्यो पनि चाँडै हुनेछ ।

तपाई सशस्त्र आन्दोलनबाट आउनु भएको छ । अहिले मधेशमा सशस्त्र आन्दोलनको सम्भावना कतिको हेर्नु हुन्छ ?

हतियारले नै आन्दोलन निस्कर्षमा पुग्छ भन्ने मलाई लाग्दैन । हतियारले आन्दोलन गर्न सकिन्छ तर अन्तिम फैसला शान्तिपूर्ण नै हुन्छ । नेपालमा पनि माओवादीको इतिहास हेरे पुग्छ । मधेशमा अहिले हतियार उठाएर आन्दोलन गर्ने अवस्था छैन ।

7 COMMENTS

  1. भाडाका टट्टु र सोझासाझा जनतालाई उकासेर मात्र केही हुने होईन । संविधानसभाको दोश्रो निर्वाचनमा समेत सवै दलले संघीय राज्यको आवश्यकता वारे आ-आफ्नो घोषणा-पत्रमा उल्लेख गरेका थिए । निर्वाचनमा जनमतले कता तिर कोल्टे फेर्यो , थाहा छ कि छैन ? २/४ हजारको भिड़ नै अहिलेको जनमत होईन ।

    • “मधेश आंदोलनमा उर्लिएको जनसागरले आफ्नो मत फिर्ता लिईसक्यो” : खगेन्द्र संग्रौला

  2. Yadi santipurna andalon le kehi bhayeko bhaye hamro 40 jana madheshi saheed hudaina thiyo saead.
    Tapai ko koi saheed bhaye xaina tesai le yesto laagxa.
    Hamro euto saathio ko jyan gaexa yesma.
    Tapai harulai ke xa janta lai agadi badhaye diyo aafu ta pachadi xa.
    Yadi Bharat help garena bhane tapaiharu baat kehi huna sakdaina saayad.

  3. UN, USA र इंडियाले मधेश आन्दोलनलाई सपोर्ट नगरेको भए प्रहरी र शसस्त्र प्रहरीले मधेशमा नरसंहार सुरु गर्थ्यो,र बाध्य भएर मधेशीलाई हतियार उठाउनु पर्थ्यो । इण्डियाले मधेश आन्दोलनलाई सपोर्ट गरेकोले मधेशीलाइ हतियार उठाउनु परेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.