हुलाकी न्यूज, गौर :
खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यारालाई बचाउन खोजेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई स्थानीयवासीले कालो झण्डा देखाएका छन्।

स्थानीय रामपदारथ यादवका अनुसार मुख्यमन्त्री राउत आफै हत्यारालाई जोगाउन लागेकोले कार्यक्रम स्थलमै कालो भण्डा देखाइएको छ।

स्थानीयबासीहरुले ‘हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्क्याउन पाउदैन !! पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !!’ भन्दै नारावाजी गरेका थिए।

यसैबीच, मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडाभन्दा कडा सजाय दिलाउने बताएका छन्।

रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँग राउतले भेटघाट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.