नि:शुल्क स्वास्थ्य शिविर

हुलाकी न्यूज, महोत्तरी : महोत्तरीको  हल्खोरी, एकडारा गाउँपालिकामा सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल द्वारा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमा सम्पन गरेको छ।

कोरोना महामारी नेपाल प्रवेश गरेपछि गरिव निमुखा नेपालीहरु बिच्चली भएकाछन् । त्यसमा पनि महामारीको डरसंगै चिकित्सकहरु समेत उपचारको कमिहुन थालेपछि गरिव विपन्नहरु त उपचारकै अभावमा समेत ज्यान गुमाउन थाले। जिवनका लागि आवयश्क परेका वेला नभई नहुने उपचारकै अभाव हुनथालेपछि अव कसरी बाँच्ने भन्ने भय समेत थपिएका बेला सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल द्वारा नि:शुल्क स्वास्थ्य शिविर प्रदान गरियो।

यस नि:शुल्क स्वास्थ्य शिविरका आयोजक
एकडारा गाउँपालिका,सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल र रोतरक्ट क्लव अफ काठमाण्डू युनिभर्सिटी मेडिकल स्कूल रहेको हुुुुन्।

नि:शुल्क स्वास्थ्य शिविरमा मधुमेह, अर्थोपेडिक्स,छालाका रोगहरूको सहित सबै उपचार सेवा दिएको छ। यस नि:शुल्क स्वास्थ्य शिविरमा ३०० जनाले सेवा प्राप्त गरेका हुन्।

साथै यस नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमा
सहयोग गरिदिने लियो अफ विराट मेडिकल कलेज, डाक्टर मेडिकल क्लिनीक जलेश्वर, बन्धन डियागिनोस्तिक एण्ड रिफरेन्स ल्याब रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.