सांकेतिक तस्बीर
मुकेश कुमार यादव, लहान : सिरहामा गाँजासहित ३ जनालाई प्रहरीले पक्रउ गरेको छ। बरियारपट्टी गाँउपालिका वडा १ खोक्सिस्थित भारत जाने क्रममा ५ किल्लाे गाँजासहित उनीहरूलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

स ९ प ३९१० र स११ प ३५४० नम्बर मोटरसाईकल चेकजाच गर्ने क्रममा कालो पलासटिकको झोलामा गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

पक्रउ परेका औरही गाउँपालिका वडा नम्बर २ तुलसिपुरका श्रवन कुमार यादव, गनेश यादव र बरियारपट्टी गाउँपालिक वडा नम्बर १ का गनेश शर्मालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.