हुलाकी न्युजः सिरहामा कोरोना भाइरसको संक्रमणका कारण एक निजामती कर्मचारीको मृत्यु भएको छ । यससँगै सिरहामा कोरोनाबाट मृतकको संख्या ८ पुगेको छ।

सिरहाको मिर्चैया नगरपालिका-६ मटिअर्वाका ५५ वर्षीय ती कर्मचारीको सोमबार राति संक्रमणबाट मृत्यु भएको हो । मधुमेहका विरामीको उनको सुगर लेभेल बढेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

बिराट नर्सिङ होममा भर्ना गर्नुअघि भदौ ८ गत्ते पिसिआर परीक्षणका लागि लिइएको स्वाब परीक्षणको भदौ १० गत्ते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको यादवले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि भदौ १० गते उनलाई थप उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । मधुमेह, उच्च रक्तचाप, नेमोनिया, मृगौला लगायतका बिरामीको उपचारको क्रममा उनको सोमबार राती प्रतिष्ठानको आइसोलेसनमा मृत्यु यादवको भनाइ छ ।

मृतक मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत्त निजामती कर्मचारी हुन् । उनको शव ल्याउने तयारी भैरहेको मिर्चैया नगरपालिकाले जनाएको छ । शव मिर्चैयामै नेपाली सेनाले व्यवस्थापन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.