हुलाकी न्यूज, पथरी, मोरङ । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी शारडा–जाजु समूहले परीक्षणका लागि आँपको जुस बजारमा ल्याएको छ ।

जुस उद्योगका सञ्चालक महेश जाजूका अनुसार गुडलाइफ वेभरेज नाम दिइएको सो जुसले राम्रो बजार पाएको छ । सुनसरीको दुहबीमा रु ६० करोडको लागतमा जुस उद्योग स्थापना गरिएको हो ।

“जुसको माग बजारबाट धेरै आइरहेको छ, हामी उत्साहित भएका छौँ,” उहाँले भन्नुभयो । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्राण्ड एम्बेस्डर बनाएर जाजुले उत्पादनलाई देशव्यापी बनाउने योजना बनाउनुभएको छ ।

एसियन थाइफ्ड्स अर्थात् ९रमपम चाउचाउ० उद्योगका सञ्चालक जाजु र सरडा नै हुनुहुन्छ । अहिले सो उद्योगले चाउचाउ अमेरिकासमेत निर्यात गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.