हुलाकी न्यूजः सिरहामा सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरी बिहीवार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका-३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय मुकेश कुमार यादव रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

डीआईजी सिंहले भने,‘एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर-चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको पाइएको छ,’ ‘उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पक्राउ गरेको हो ।’

गत असार १६ गते सिरहा नगरपालिका-१४ खिरौनास्थित नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी प्रमुख डीआईजी बताए ।

पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.