हुलाकी न्यूज,फलेवास (पर्वत) । पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो ।

नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ठोक्किएका थिए । स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बसका यात्रु भने सकुशल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.