हुलाकी न्यूजः सर्लाहीमा शनिवार दिउँसोबाट बेपत्ता भएकी दुइ बालिका पोखरीमा मृत अवस्थामा भेटिएकी छन् ।

बाख्रा चराउन गएकी ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो पोखरीमा मृत फेला परेका हुन् ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । उनीहरु आफै डुबेको वा कसैले हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जनाए ।

दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.