हुलाकी न्युजः सर्लाही सदरमुकाम मलंगवाको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

विश्वकर्मा पूजाको मुर्ति बिसर्जनको विषयमा दुईपक्षबीच विवाद हुँदा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो २ बजेबाट भोली बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्बसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको बताए ।

शुक्रवार मलंगवा नगरपालिका-३ स्थित विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै नजिककैको पोखरीमा जाने बाटो विषयमा दुइ पक्षबीच विवाद हुँदा झडप भएको थियो ।

झडपको क्रममा दुवै पक्षका केही व्यक्ति घाईते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.