हुलाकी न्युज, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरपालिका ५ मा ट्याक्टरको ठक्करबाट बिहीवार राती एक युवकको मृत्यु भएको छ ।

स १ त ४६९३ नम्वरको ट्याक्टरको ठक्करले अन टेस्ट मोटरसाईकलमा सवार बोदे बरसाईन वडा नम्वर ७ हैठीका २३ वर्षीय सुजितकुमार यादवको मृत्यु जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

महेन्द्र राजमार्ग संग जोडिएको हुलाकी सडकबाट तिब्र गतिमा गईरहेको ट्याक्टरले बिपरित दिशाबाट आएको मोटरसाईकललाई ठक्कर दिदा मोरसाईकलमा सावार सुजितको घटनास्थलमै मृत्यु भएको छ ।

सोही मोटरसाईकलमा पछाडी सवार २० वर्षीय धर्मेन्द्रकुमार यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारकालागि विराटनगर पठाइएको छ । ठक्कर दिने ट्याक्टर ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको नियन्त्रण रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.