हुलाकी न्यूज , सप्तरी: जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आज राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले राहत हस्तान्तण गर्नुभएको हो ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रतिबालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । सो राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले राहत रकम घरखर्चमा नभई बालबालिकाको हितमा खर्च गर्न आग्रह गर्नुभयो ।

खाँडो खोलाको बाढीले वर्षेनी बेल्ही गाउँ प्रभावित बन्दै आएको छ । यस्तै महुली, जिता खोला र सप्तकोशी नदीको सिपेजका कारण वडा नम्बर ४ कोइलाडी र वडा नम्बर ५ कोइलाडी बर्साइन प्रभावित बन्दै आएको छ । कोइलाडी र कोइलाडी बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.