हुलाकी न्यूजः सडक मर्मत तथा निर्माणको माग गर्दै जनकपुरमा स्थानीयवासीले सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । वर्षातको समय अघिदेखि नै विभिन्न पटक जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्रसहित प्रतिनिधिमण्डल जाँदासमेत सुनुवाइ नगरी सडक मर्मत नगरेको भन्दै स्थानीयवासीले सडक जाम गरी प्र्रदर्शन गरेका हुन् ।

आइतबार जनकपुरधाम उपमहानगर वडा नम्बर-१६ स्थित पुल चोक जाने बाटोमा स्थानीय युवा र व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका हुन् ।

धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत हुलाकी राजमार्ग जोड्ने क्षेत्रको सडक वर्षौँदेखि नबनाएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । यस सडकको अवस्था दयनीय रहेको र हल्का वर्षामा पनि करिब ४ फिटसम्म सडकमै पानी जम्ने गरेकोले आवातजावतमा पूणर् अवरोध तथा समस्याहरु झेल्दै आइरहेको भन्दै स्थानीय ३० वर्षीय राजीव साहले बाध्यतावश सडक जाम गर्नुपरेको बताए ।

उनले जनकपुरधाम वडा नम्बर १६ देखि १९ को सिमाना जोड्ने सडकको रुपमा समेत रहेकाले सडक मर्मत तथा सम्भार नहुँदा दैनिक दुर्घटना हुने गरेको बताए ।

उनले भने, ‘विभिन्न पटक आफूहरुले सडक निर्माणका लागि सडक जाम गर्दै ज्ञपान पत्र समेत बुझायौँ र उपमहानगरमा डेलिगेसन समेत गयौँ, तर अहिलेसम्म पनि बाटो बनाउनका लागि उपमहानगरले तदारुकता देखाएन ।’

जनकपुरधाम उपमहानगर वडा नम्बर -६ का वडा अध्यक्ष रामअशीष पजियारले उक्त सडक हुलाकी सडकखण्ड अन्तर्गत परेकाले निर्माण कार्यमा जनकपुरधाम उपमहानगरलाई समस्या परेको र यो सडक उपमहानगरले बनाउन नसक्ने स्पष्ट पारे । उनले सडक निर्माणका लागि आफुले सक्दो पहल गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.