हुलाकी न्यूजः कोरोना संक्रमित पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव केहिदिन पूर्व काठमाडौंमा उच्च स्तरीय भेटघाट गरेको खुलेको छ ।

कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेको खुलेको हो ।

काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरी गएको आइतबार फर्किएका थिए ।

उनले प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए ।

बुधबार साँझ उनको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो । उनको रिपोर्ट आउनु अघि आन्तरिक मामिला तथा कानुनमन्त्रालयका ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । मन्त्री यादव आफ्नै निवासमा आइसोलेट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.