हुलाकी न्यूज ,वीरगञ्ज : वीरगन्जमा उपचारकै क्रममा बाराको डुमरवाना निवासी ५५ वर्षकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान उपचारको लागि ती महिला वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । मधुमेह र निमोनियाको समस्याले पीडित महिलामा कोरोनासित मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

उपचारको क्रममा उनको अवस्था गम्भीर बनेपछि अस्पतालको आइसीयू कक्षमा राखेर उपचार गर्ने क्रममा सोमबार साँझ सवा सात बजे मृत्यु भएको अस्पालले जनाएको छ ।

नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले मृत्युपश्चात् उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा कोरोमा पोजेटिभ देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.