हुलाकी न्यूजः वीरगञ्जका नदीमा पौडी खेल्न गएका बालकलाई मंगलबार बाढीले बगाउँदा बेपत्ता भएका छन् ।

तिलावे नदीमा पौडी खेल्न गएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी टोलका १२ वर्षीय बालक बाढीले बगाउँदा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवार नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको कुँवरले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले बेपत्ता बालकको खोजीको लागि खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.