हुलाकी न्यूजः वीरगञ्जमा कोरोना संकमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

कोरोना पुष्टि भएका वीरगञ्ज आदर्शनगरका ७५ वर्षीय वृद्धको ज्यान गएको हो ।

मुटु रोगबाट पीडित ती बिरामीमा कोरोना लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड(१९ अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा आइतबार उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा. मदन उपाध्यायले जानकारी दिए ।

उनलाई वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट शनिबार कोभिड(१९ अस्पताल ल्याइएको थियो ।

उनमा गत शुक्रबार आरडिटी पोजेटिभ देखिएकोमा शनिबार राति पिसिआर पोजेटिभ देखिएको थियो ।

कोरोनाका कारण पर्सामा मात्रै ८ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.