हुलाकी न्यूज, जनकपुरधाम । जिउनका लागि स्वास्थ्य निकै आवश्यक छ । त्यहि भनाई लाई टेकेर जनकपुरधामको जानकी मन्दिरमा सामाजिक संघ संस्थाहरु मिलेर दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएका छन्।

दिन प्रतिदिन बढ्दै गएको मुटु रोगका कारण थुप्रै मानिसले आफ्नो ज्यान गुमाएको अवस्था छन्। तथा यसबारे अल्प ग्यानको कारण हुनसक्ने बारे कार्यक्रमको संयोजक मध्ये एक एम्नेष्टी इन्टरनेशनल महिला ४६ कि जमुना भुजेलले जानकारी गराउनुभयो।

साथै यस कार्यक्रममा विश्व स्वास्थ्य दिवस २०२० लेखि रातो अबिरले ति शब्द निर्माण गरि त्यस माथि दिप प्रज्वलन गरिएको थियो । यस दिपले अग्यान्ता तथा बिनाकारण हृदयघातले ज्यान गुमाएको प्रति श्रद्धा सुमन सुम्पिएको हो भने यस दिपले आम जनतालाई सुसूचित गर्ने विश्वास राखेको बारे युवा अभियान्ता दिवाकर उप्रेतीले जानकारी दिए ।

यस कार्यक्रममा इन्सेक, ओरेक, युथ एड्भोकेसि नेपाल, कायापलट, नेपाल स्काउट धनुषा, लिभिङ विथ इन्भाइरोमेन्ट, महिला मानवअधिकार रक्षक संजाल धनुषा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान धनुषा लगायत एक दर्जन बढि संघ सस्थाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.