हुलाकी न्यूज, अमेरिका :
विश्व विख्यात अर्थशास्त्री डा.सुखदेव साहको निधन भएको छ।

इन्टरनेशनल मोनेटरी फण्ड (आईएमएफ)लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरेका र विभिन्न विश्वविद्यालयमा अध्ययापन गराएका साहको करिब ७६ वर्षको उमेरमा आइतबार अमेरिकामा निधन भएको हो।

धनुषा जिल्लाको इकराही गाउँमा जन्मेका साह पछिल्लो ५३ वर्षदेखि अमेरिका बस्दै आएका छन्। अमेरिका जाने मधेशीहरु मध्ये पहिलो समूहका उनी रहेको दाबी गरिएको छ।

नेपालमा लोकतन्त्रका लागि सँधै वकालत गर्ने डा.साह मधेश आन्दोलनमा पनि सक्रिय भए। अमेरिकामा रहेका नेपाली–मधेशीहरुका लागि विभिन्न अभियानमा पनि सहभागी थिए।

डा.साहको निधनप्रति गैर आवासीय मधेशी संघ (एनआरएमए), एन्टा र माँ जस्ता गैर आवासीय नेपाली मधेशीहरुको संस्थाले श्रद्धाञ्जली व्यक्त गरेको छ।

डा.साह अमेरिकामा बसेको ५० वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमको भिडियो।

उनका बारेका थप लिंक

My nomination is as much a breakthrough as Obama being president: Sukhdev Shah

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.