हुलाकी न्युजः उद्योगी विनोद चौधरीमा कोरोना भारसको संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

चौधरीले आज बिहान आफ्नो पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ भएको उल्लेख गरेका छन् ।

यद्यपि आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा रहेको उनले बताएका छन् ।

आफ्नो सम्पर्कमा आएकालाई सचेत हुन पनि चौधरीले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.