हुलाकी न्यूज, काठमाडौं : लोकसेवा आयोगले रिक्त रहेको सहसचिव र उपसचिवको पदपूर्तिका लागि ६३८ पदका लागि आवेदन मागेको छ।

आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदपूर्तिका लागि आवेदन मागेको हो। आयोगले निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिवका लागि १०२ तथा उपसचिव ४५६ पदका लागि आवेदन मागेको हो।

आयोगले उपसचिव बढुवा ३८४ र खुला ७२ गरेर ४५६ जनाको लागि आवेदन मागेको हो।

आयोगले जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरेर २९३ जना मागेको छ। संसदतर्फ १ जनाका लागि आवेदन खुला गरिएको छ। स्वास्थ्यतर्फ १४५ जना मागिएको छ।

आयोगले सहसचिवतर्फ १६३ जना बढुवा र १९ जना खुलातर्फ गरेर १०२ पदका लागि आवेदन मागेको हो। जसमध्ये निजामती तर्फ बढुवा ९५ र खुला १०, संसदतर्फ बढुवा ३ र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुला गरेर ७४ पदका लागि आवेदन मागिएको छ।

निजामती, संघीय संसद्, स्वास्थ्य सेवातर्फ मागेको आवेदन कात्तिक १ गतेसम्ममा दिन सकिने छ ।

loksewa

आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिन्छ। कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो। आयोगले कोरोना संक्रमणको जोखिम समयमा स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा लिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.