डा. सिके राउत नेतृत्वको जनमत पार्टी ले वडा, पालिका र बुथ स्तरमा संगठन विस्तारको क्रमलाई तिब्रता दिइरहेको छ ।

आज रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं. ११ मसिनामा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको अध्यक्षता पूर्व वडा अध्यक्ष एवं पार्टी वडासमितीका उपाध्यक्ष पल्टन प्रसाद धोबी ले गरेका थिए भने कार्यक्रममा अतिथीको रुपमा ज.पा. रुपन्देही जिल्ला संयोजक रामकेश गुप्ता र क्षेत्रीय संयोजक सागर वर्मा आमन्त्रित थिए ।

उक्त वडा अधिवेशनबाट रामदेव यादवको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन भएको छ ।

उपाध्यक्षमा कालिन्द्रमति हरिजन र पल्टनप्रसाद धोबी, सचिवमा उमेश यादव, सहसचिवमा विष्णु यादव, कोषाध्यक्षमा जगमोहन यादव सहित सदस्यहरुमा मुलुरी धोबी, रामकुमार यादव, रबिन्द्र गिरी र सरस्वती हरिजन चयन भएका हुन ।

उक्त कार्यक्रममा जनमत पार्टी – विदेश विभाग सदस्य बिनोद पासवानले स्वागत मन्तव्यका साथ चयन भएका कार्यसमितीलाई सफलताको लागी शुभकामना दिएका थिए, त्यसैगरी अतिथीद्वय रामकेश गुप्ता र सागर वर्मा ले पार्टीको उद्देश्य र निती बारे चर्चा गर्दै उपस्थित जनसमुदायलाई उत्साहित गरेका थिए, साथै संगठनलाई अझ मजबुत बनाउन धेरै भन्दा धेरै जनसमुदाय लाई जोडन नवगठित वडासमिती सदस्यहरुलाई आग्रह गर्दै कार्यकाल सफलताको लागी शुभकामना दिए ।

कार्यक्रमको अन्तमा सभापति पल्टन प्रसाद धोबीले मधेशमा अब मधेशीको लागी पनि एकमात्र अन्तिम राजनितीक विकल्प जनमत पार्टी नै रहेको र जनमत पार्टीले नै मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन सक्ने बताए ।

कार्यक्रममा जनमत पार्टी – लु.सा.न.पा. का नगर संयोजक गोविन्द धवल लगायत झन्डै ६० जना स्थानिय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.