हुलाकी न्यूज , जनकपुरधाम : कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण बजार नपाएपछि खेतमै केरा कुहिँन थालेपछि किसान चिन्तित बनेका छन् । प्रदेश २ का बारा जिल्लाको निजगढमा रहेको केरा व्यवसायी केराकै कारण चिन्तित बनेका हुन् ।

उखु खेतीबाट पीडित किसान पछिल्लो समयमा नगदेबालीका रुपमा केराखेतीतर्फ आकर्शित भएका थिए । लकडाउन अगाडिसम्म प्रतिकोसा पाँच रुपैँयामा बिक्री भएको केरा पछिल्लो समयमा एक रुपैँयामा बिक्री गर्न किसान बाध्य छन् । तर एक रुपैँया प्रतिकोसामा बेच्न पनि बजार नपाएपछि खेतमै केरा कुहिन थालेको किसान लक्ष्मी खरेल बताउँछन् ।

उखुखेतीबाट मनग्गे पैसा कमाइ हुने भएपनि चिनी मिलले समयमै भुक्तानी नदिने गरेपछि किसान केरा खेतीतर्फ आकर्षित भएका तर लकडाउनका कारण बजार बन्द भएपछि खेतमै केरा कुहिँन थालेको खरेलको गुनासो छ ।

केरा खेतीमा मिहिनेत थाेरै हुने तर आम्दानी बढी हुने किसानको भनाइ छ । निजगढमा केरा खेती फस्टाउँदै आएपनि यसपटक उठ्नै नसक्ने गरी थला परेको किसान बद्रीप्रसाद चिमौरियाको भनाइ छ । विभिन्न कारणले समस्यामा परेका किसानका लागि उनीहरुले तिर्नुपर्ने बीमाको रकम नगारपालिकाले तिरिदिने व्यवस्था मिलाएको निजगढ नगरपालिकाका प्रमुख सुरेस खनालले बताउनुभयो ।

केरा ब्लगबाट केरा जोनको रुपमा स्थापित हुँदै आएको नगरपालिका भित्र मात्रै करिब १२ सय विघामा केरा खेती हुँदै आएको छ । प्रति विघा दुईदेखि तीन लाखसम्म मुनाफा लिदै आएका किसान यसपटक केराको मूल्य नपाएपछि चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.