हुलाकी न्युजः रौतहटका पुजारी श्रीराम साहको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरी सार्वजनिक गरेको छ ।

देवाही गोनाही नगरपालिका-१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई सार्वजनिक गरेको हो । रौतहटको बौधिमाई नगरपालिका-७ बाट प्रदेश २ प्रहरी र रौतहट प्रहरीको विशेष टोली उनीहरुलाई पक्रेको प्रदेश २ प्रहरी प्रमुख धीरजप्रताप सिंह जानकारी दिए ।

नरेश पटेल कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सिंह बताए । त्यस्तै, बालकुमार पटेल घटनास्थलमा बसेर मानिसको आवाजाहीलाई निगरानी गरेका थिए । घटनामा संलग्न अन्यको खोजी जारी रहेको छ ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । माधव नारायण नगरपालिका-३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी साहको साउन ३ मा हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.