हुलाकी न्युज, रौतहट | जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ ।

कटहरिया नपा–९ डुुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.