हुलाकी न्यूज, जनकपुरधाम :
भारतको जयनगरबाट जनकपुरधाम हुँदै बर्दिबाससम्म चल्ने एक सेट रेल नेपाल आइसकेको छ। रेल नेपाल आएको भन्दै ठूलै चर्चा पनि सुरु भएको छ। तर, उक्त रेल चल्ने लिक तयार भएको छैन।

जयनगर–बर्दिबास ६९ किलोमिटर दूरीमध्ये ३४ किलोमिटर कुर्थासम्म मात्र लिक (रेलमार्ग) तयार छ। कुर्थाबाट दोस्रो खण्ड १७ किलोमिटर महोत्तरीको भंगाहा–५ को बिजलपुरा स्टेसनसम्मको काम पुरा हुन सकेको छैन।

भंगाहादेखि बर्दिबाससम्मको १८ किमि खण्डमा काम हुन सकेको छैन। मुआब्जा विवादका कारण लिकको काम हुन नसकेको रेल विभागले जनाएको छ।

भंगाहाका स्थानीय मुकुन्द पौडेलका अनुसार रेलको काम कछुवाको गति देखिएको बताउँदै रेलवे निर्माणको ढिलासुस्तीले निराश बनाएको सुनाए।

रेलवे विभागले बडहरी नदीसम्मको प्रस्तावित बिजलपुरा स्टेसनसम्मको अधुरो काम २०२० भित्र पूरा गर्ने जनाएको छ। भारत सरकारको ७ अर्ब २० करोडको आर्थिक सहयोगमा जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलवे विस्तारको काम सन् २०१४ मा सुरु गरेको हो। सुरुमा सन् २०१७ भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएपनि अहिलेसम्म पुरा हुन सकेको छैन।

(एजेन्सीहरुको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.