हुलाकी न्यूज, धनुषा : बसहियाको निरलार्जुना इन्जिनियरिङ कलेजमा राष्ट्रिय युवा परिषद् र संघिय युवा संजाल बाट एकदिने तालिम सम्पन्न गरियो।

यस एक दिने तालीममा राष्ट्रिय युवा परिषद् र संघिय युवा संजालले युवाहरुलाई नेतृत्व विकास बारे जानकारी तथा नेतृत्व विकास मा सहयोग पुर्याउन तालिम प्रदान गरेका हुन्।

अहिलेको वर्तमान समयमा युवाहरूलाई  नेतृत्व बारे जानकारी गराउन  र  उहाँहरुको नेतृत्व विकास मा सहयोग पुगाउन  यो  नेतृत्व विकास  तालिम   आयोजना गरिएको हो।


राष्ट्रिय युवा परिषद् प्रदेश नं २ का ईन्चार्ज रक्की प्रसाद साहले यस  तालिमको  सहजीकरण गर्दै ‘जय युवा’ को नारा लगाउँदै  भने सहिजकरण गर्दा  नेतृत्व के हो?  नेतृत्वहरुलाई  नेतृत्वमा आउन  किन  आवश्यक छ ,  असल  नेतृत्वका गुणहरु के के हुन ?  नेतृत्व गर्दा आउने  अबरोधहरुलाई कसरी  न्यूनीकरण गर्ने  जस्ता विषयमा  तालिम दिई सहभागी युवाहरूले  वर्तमान समय उहाँहरुले भोगुरहेको  समस्याहरु जस्तै बालविवाह , दहेज प्रथा , लागू औसध  बाट कसरी बचन सकिन्छ बारे छलफल गरि र साथै नेतृत्व विकासका मुल मन्त्रहरुमा निकेन्द्रित भई  सहजीकरण गरिएको जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.