हुलाकी न्यूज,काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला भएको छ । ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालि आयोजक रहेको प्रतियोगितामा शीर्ष उपाधिसहित रु १० लाख पुरस्कार समेत राखिएको छ । प्रतियोगीताका लागि आवेदन ‘मिस युनिभर्स नेपाल २०२०’ एप मार्फत भर्न सकिनेछ । एपको लन्च आज (बिहिबार) साँझ एपीवान टेलिभिजनबाट सार्वजनिक हुने कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत हुँदैन । जसबाट मिस युभिनर्स नेपालको लागि एल्पिकेसन फारमा समेत सार्वजनिक हुँदैछ ।

‘द नग्म्याटिक शो’ को आजको श्रृंखलामा आयोजकको तर्फबाट नग्मा श्रेष्ठले केहि महत्वपूणर् घोषणा पनि गर्नेछिन् । ‘मिस युनिभर्स नेपाल २०२०’ को सबैभन्दा खास ताज विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि हो । रु. १० लाख पुरस्कार राशी रहेको यो सौन्दर्य प्रतिस्पर्धा अहिलेसम्मकै मूल्यवान प्रतिस्पर्धा भएको बताइएको छ । कार्यक्रममा ‘द नग्म्याटिक शो’ दर्शकलाई ‘मिस युनिभर्स नेपाल २०२०’ को सहयात्रा गराउने टेलिभिजन कार्यक्रम हो । यो ११ वटा सप्ताहिक श्रृंखलाका रूपमा प्रसारण हुनेछ ।

आज बिहिबारको कार्यक्रममा ‘मिस युनिभर्स नेपाल २०२०’ का प्रतिनिधिः शारीरिक सकारात्मकता (बडि पोजिटिभिटि) अभियन्ता तथा मिस युनिभर्स क्यानेडा २०१६ सिएरा बेअर्चल, निर्माता, मोडल तथा ट्रान्स अभियन्ता जीना रोसेरो, नेपालकी प्रसिद्ध गायिका तथा लोकप्रिय रियालिटी शो नेपाल आइडलकी जज इन्दिरा जोशी, पर्वतारोही तथा स्ट्यान्ड अप कमेडियन शैली बस्नेत, लाइफस्टाइल कोच प्रेरणा शाह, टिच फर नेपालकी सीइओ स्वस्तिका श्रेष्ठ, शुभेच्छा खड्का लगायतले प्रतियोगिताको बिषयमा जानकारी दिनेछन् ।

कद, तौल, भाषा आदि कुनैपनि आधारमा प्रतिबन्ध नलगाइएको साथै पारलैंगिक सहभागीहरुका लागि समेत आवदेन खुल्ला भएको प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२०’ विश्वकै सबैभन्दा समावेशी सौन्दर्य प्रतियोगिता भएको दाबी आयोजकको रहेको छ । ‘मिस युनिभर्स नेपाल २०२०’ मा मनमा नेपाल बोकेका जुनसुकै कद, तौल, भाषा, लैंगिकता वा यौनिकता भएका युवावर्गले सहभागिता जनाउन सक्नेछन्’ आयोजक संस्थाकी नग्मा श्रेष्ठले भनिन्, ‘अहिलेसम्म सम्पन्न प्रतियोगिता व्यक्तिहरुको पहुँचमा मात्र रहेको थियो । यहि कुरालाई परिवर्तन गर्दै सबै आर्थिक वर्गको समावेशीता सुनिश्चित गर्ने उद्देश्यले यो प्रतियोगीतामा सुरु भएको हो ।’

प्रतियोगितामा सहभागीका लागि एपमा प्राप्त हुने प्रथम २० आवेदनहरुले निःशुल्क सहभागीता जनाउन सक्नेछन् । त्यसपछिका ५००० आवेदनमा नेपाली नागरिकका लागि रु.१००० र गैरनेपालीका लागि ५० डलर आवेदन शुल्क तोकिएको छ । ‘मिस युनिभर्स नेपाल २०२०’ विश्वका अन्य प्रमुख सौन्दर्य प्रतिस्पर्धाहरुका तुलनामा प्रजातान्त्री हुने र बहादुर, साहसी, र सुन्दर प्रस्तिस्पर्धाको समेत अनुभूति हुने आयोजक पक्षले जानाएको छ । प्रतियोगितामा प्रतिस्पर्धाको विजेता शतप्रतिशत केवल भोटका आधारमा छानिनेछन् ।

प्रतियोगिताको आयोजक ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालि (बि.बि.बि) रहेको छ । यो संस्था मिस युनिभर्स नेपाल २०१७ कि विजेता नग्मा श्रेष्ठद्वारा मिस युनिभर्स नेपाललाई अन्तराष्ट्रिय दृष्टिकोण अनुरुप उच्चस्तरीय बनाउँदै आफू सशक्त भएसरह नेपाली महिलाहरुको पनि प्रतिस्पर्धा मार्फत सशक्तिकरण गर्ने उद्देश्यबाट प्रेरित भइ स्थापना गरिएको हो ।

‘मिस युनिभर्स नेपाल २०२०’ मिस युनिभर्स संगठनको नेपाली फ्रान्चाइज हो । ‘मिस युनिभर्स संगठन २०२२’ को अन्तर्राष्ट्रिय फाइनल नेपालमा आयोजना गरिने लक्ष्य समेत ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालिले राखेको छ । मिस युनिभर्स संगठन (एम.यु.ओ) (एण्डेभर कम्पनि) मनोरञ्जन, फेशन, तथा परोपकार जगतमा रहेका विश्वभरका महिलाहरुका निम्ति अवसर सिर्जना गर्ने कार्यक्रम हो ।साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.