हुलाकी न्युजः महोतरीस्थीत सम्सी-हल्दी हुलाकी सडक निर्माणमा आफनो नाम जोडेर गलत प्रचारवाजी गरेको आरोप लागेको छ ।

संघिय सरकारका पुर्व राज्यमन्त्री दिप नारायण साहको सुपुत्र संजय साहले भोटको राजनितिका कारण सरकारी नाप नक्साको प्रवाह नगरी नाला बिना नै वडा अध्यक्षहरुले सडक निर्माण गर्न लागेको आरोप लागाउनु भएको छ । उहाँले सरकारी नाप नक्सा अनुसारको मध्य बिन्दुवाट दुवै तर्फ बराबर जमिन लिएर १ सय ५ फिट चौडाईको मापदण्ड अनुसारको सडक बनाउनु पर्ने बताउनुभयो ।

साहले नेकपाकै सरकारले नै हुलाकी सडक द्रुत गतिमा बनाउन लागि परेको र आफनो परिवार पनि नेकपानै रहेकाले विरोध गर्ने कुरै नहुने भएपनि सम्बन्धित वडा अध्यक्षहरु भोटको राजनितिका कारण मुआब्जा लिइसकेकाहरुको समेत जमिन बचाएर अहिले चलनचल्तीमा रहेकै सडकलाई कालो पत्रे गर्न लागि परेकै कारण आफू चासो लिएको बताउनुभयो ।

मापदण्ड अनुसारकै चौडाईमा मात्र कालो पत्रे हुनुे पर्ने अन्यथा सडक नै छोटो हुने तथा अहिले चलन चल्तीको सडक अनुसार गर्दा सडकमा नाला बनाउन पनि मुस्किल भइरहेको र सडक पछि साँगुरो र टेढो भइरहेको उहाँको भनाई छ । सरकारी नाप नक्सा अनुसार सडकमा आफनो जति जग्गा जमिन जान्छ आफु दिन तयार रहेको साहको भनाई छ ।

उहाँले मापदण्ड अनुसारको स्तरीय सडक बन्नु पर्ने आफनो अडान भएपनि सम्सी गाँउपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षहरु क्रमश मदन यादव र शैख उमैर तथा स्थानिय नेता सरोज यादवले पुर्व राज्य मन्त्री समेतको नाम जोडेर गलत प्रचारवाजी र आरोपको काम गरेको बताउनु भयो ।

एता, गाँउपालिकाका अध्यक्ष फारुक अन्सारीले पनि सरकारको नियम नक्सा र मापदण्ड अनुसारनै सडकको निर्माण सम्पन्न हुनुपर्ने बताउनुभयो । उहाँले यस विषयमा जाचँ गर्न प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकायका व्यक्तिहरु आई रहेको समेत जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.