हुलाकी न्युजः महोत्तरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिका ५ राजपुर बस्ने ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब साढे १ बजेको समयमा घरदेखि २ सय मिटर पर धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि खातुनको मृत्यु भएको उनको भतिजो अकबर राईनले जानकारी दिए ।

मृतक खातुनलाई सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचारका लागि लगेपछि त्यहाँ मृत घोषणा गरेपनि अझै १र२ वटा अस्पतालमा जाँदा उनको मृत्यु भइसकेको अस्पतालले भनेपछि घरमा दाहसंस्कारको तयारी भइरहेको खातुनको भतिजो राईनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.