मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा ईश्वरी प्रसाद दहाल । तस्बीर : हुलाकी

हुलाकी न्युज, सर्लाही । मालपोत कार्यालय हरिवन, सर्लाहीका कर्मचारीलाई घुस सहित अख्तियार दुरुपयो अनुसन्धान आयोग कार्यालय बर्दिबासले पक्राउ गरेको छ ।

मालपोत कार्यालय हरिवन मा कार्यरत नायव सुब्बा ईश्वरी प्रसाद दहाललाई ५ हजार घुस सहित पक्राउ गरीएको अख्तियार दुरुपयो अनुसन्धान आयोग कार्यालय बर्दिबासले जनाएको छ ।

हरिवन नगरपालिका ८ का सेवा ग्राहीको वडा नं। ८ स्थितको जग्गा पलटिङ गरि बाटो खुलाउने तथा रजिष्ट्रेशन पास गरि जग्गाधनि प्रमाण पूर्जा दिने क्रममा सेवा ग्राही सँग ५ हजार घुस लिइ रहेको अवस्थामा मंगलबार आयोगका कर्मचारीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले नायब सुब्बा दहाललाई कार्यकक्ष बाट रंगेहात पक्राउ गरि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.